आजको मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 १८ जेठ, काठमाडौं । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रतर्फ कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको योग देखिएको छ।

आज रातिको मौसममा भने केही परिवर्तन आउने महाशाखाको पूर्वानुमान छ। रातिको समयमा देशको हिमाली भू-भागमा साधारणतया बादल लागिरहे पनि पहाडी भू-भागमा आंशिक बदली मात्र हुनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी