चितवन । गत शनिबारदेखि सुरु बागमती साहित्य महोत्सवको देस्रो संस्करण तेह्र बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा प्रदेशका १३ जिल्लाका साहित्यकारको सहभागिता थियो ।
महोत्सवले कविता, उपन्यास तथा नाट्यलगायत सिर्जनालाई अर्थतन्त्रसँग जोड्ने गरी साझेदारी र सहकार्य हुनेगरी परियोजना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । साथै भाषा साहित्य, सङ्गीत, नाट्य तथा ललितकला, संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवद्र्धनका लागि आगामी दिनमा पनि निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ ।
यस प्रकारका महोत्सवहरूलाई निरन्तरता दिनका लागि सङ्घीय, प्रादेशिक, जिल्ला, स्थानीय तहका सरकार र क्रियाशील प्राज्ञिक संस्थाहरूले हरेक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने माग गरिएको छ ।





