काठमाडौंका नयाँ सीडीओ जितेन्द्र बस्नेत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२० असार, काठमाडौं। गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डाैकाे प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा नियुक्त गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाण्डाैकाे सीडीओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई याे जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव हुनुभएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सीडीओका रूपमा काम गरिसक्नुभएको छ ।

यस्तै उहाँले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश कार्यालमा समेत काम गरिसक्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी