मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओलीको आक्रोश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगले भदौ २३ र २४ को घटना सम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् ।

उनले घटनाको छानबिनका नाममा फलानालाई कारबाही गर्नु भनेर प्रतिवेदनमा लेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

काठमाडौँमा बुधवारबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  ‘मानवअधिकार आयोगले एउटा समिति बनायो । तर त्यसको प्रतिवेदन लामो समय सार्वजनिक भएन’, ओलीले भने, ‘छानबिन समितिका अध्यक्षले अब पनि सार्वजनिक भएन भने मै सार्वजनिक गर्छु भन्नुपर्‍यो ।’

उनले कारवाहीका लागि भनेर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र अदालतको आदेश अनुसार सामाजिक सञ्जाल नियमन गरेको आरोपमा तत्कालीन सञ्चार मन्त्रीलाई समेत कारबाही गर्न सो समितिले सिफारिस गरेको भन्दै अदालतको आदेश मान्दा कसरी मानवअधिकारको उल्लंघन हुन्छ भनेर प्रश्न गरे ।  

‘पहिला मान्छे तोक्यो र फलाना फलानालाई फसाउने । कहाँबाट आयो ? यस्तो ? अचम्म लाग्छ कसरी भयो मानवअधिकार उल्लङ्घन ?’, ओलीले प्रश्न गरे, ‘कसले गोली चलायो केही पत्ता र पुष्टि छैन ।’ 

उनले अहिलेको कानुनले पनि कारबाही गर्न नमिल्ने भएपछि तर भूतप्रभावी कानुन बनाएर कारबाही गर्न निर्देशन दिएको भन्दै असन्तुष्टि जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी