टिकटकर तुलसी अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिल, बहस नसकिएपछि फेरि हिरासतमै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 २० जेठ, काठमाडौं ।  टिकटकर तुलसी अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिलले वकालतनामा पेश गरेका छन् ।

सबैले बहस गर्न नभ्याएपछि बुधबार पनि थुनछेक आदेश भएन । उनलाई फेरि प्रहरी हिरासतमा पठाइएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा उनीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा छ । ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले उनलाई आज पनि त्यहीँको हिरासतमा राखिने बताए ।

कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् ।

उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी