प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले गर्‍यो प्रतिनिधि सभा अवरोध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं ,२० असार। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

आफुलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाउदै एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको हो । बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै एमाले लगाएत प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा एमाले नेता रघुजी पन्तले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने हो वा जनतातर्फ फर्किने हो भन्दै प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमानमा ठेस लागेको उहाले बताउनुभयो । पन्तले लेन्डुप दोर्जेको दोस्रो संस्करण नचाहिने भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्दै अहिलेको अवस्थामा संसद चल्न नसक्ने स्पष्ट पार्नुभयो ।

एमाले लगाएत प्रतिपक्षीको विरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगीत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी