परराष्ट्रमन्त्री शिशिर खनाल दुई दिने भारत भ्रमणबाट फर्किएका छन् ।
उनले दुई वर्षदेखि द्वीपक्षीय भ्रमणहरू रोकिएकोमा अब त्यो खुलेको बताए ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरू खुलेको बताएका हुन् । अबका केही महिनामा दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमण हुनसक्ने उनले संकेत गरे ।
खनालले भने, ‘दुई देशबीच औपचारिक उच्चस्तरीय भ्रमणहरू नभएको झण्डै दुई वर्ष भइसकेको थियो । मेरो भ्रमणमार्फत उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको छ । अबका केही महिनाहरूमा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ ।’





