भारतबाट फर्किएका परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ जेठ, काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् ।

भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।

स्रोतका अनुसार खनाल जुन १४ (जेठ ३१ गते) तारिखमा चीन प्रस्थान गर्नेछन् । १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ । त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई  भेट्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा नेपाली डायस्पोरासँग अन्तर्क्रिया पनि गर्नेछन् । उनी १७ तारिखमा फर्किने कार्यक्रम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्