वेस्ट इन्डिजले ओमानलाई ७ विकेटले हरायाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत ‘सुपर सिक्स’ काे खेलमा वेस्ट इन्डिजले ओमानलाई ७ विकेटले हरायाे ।

ओमानले दिएकाे २ सय २२ रनकाे लक्ष्य वेस्ट इन्डिजले ३९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर सहजै भेटायाे । वेस्ट इन्डिजका ब्रान्डन किङले शतक बनाए । यस्तै शाई हाेपले नटआउट ६३ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र कलिमुल्लाहले १/१ विकेट लिए ।

यसअघि जिम्बावेकाे हरारे स्पाेर्ट्स् क्लबमा टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनायाे । ओमानका सुरज कुमारले नटआउट ५३ र शाेएब खानले ५० रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका राेमारियाे शेपहर्डले ३ र कायल मेयर्सले २ विकेट लिए ।

वेस्ट इन्डिज र ओमान दुवै टाेलीकाे विश्वकपमा छनोटको सम्भावना सकिसकेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी