असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी, राष्ट्र बैंकले माग्यो सुझाव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आउँदो असार १५ गतेभित्रै ल्याउने तयारी थालेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनका लागि सर्वसाधारण र संघसंस्थासँग सुझाव माग गरेको छ ।

सुझाव दिन इच्छुकले आगामी असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । प्राप्त सुझावलाई समेटेर मौद्रिक नीति निर्माण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले तर्जुमा गर्ने आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव २०८३ असार ०५ गते भित्र आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । बजेटमा समावेश भएका कार्यक्रम तथा लक्ष्यहरूमा निर्धारण भइसकेकाले सोही आधारमा मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी