२६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपल्ट पत्रकारको प्रश्नले भड्किएका छन् र बीचमै अन्तर्वार्ता छाडेका छन्।
अमेरिकी टेलिभिजन एनबीसीमा क्रिस्टन वेल्करसँग अन्तर्वार्ता दिइरहेका बेला ट्रम्प भड्किएका हुन्। आफूले गरेका दाबीमाथि पत्रकार वेल्करले प्रमाण दिन भनेपछि ट्रम्प रिसाएका हुन्।
आइतबार प्रसारण भएको कार्यक्रम मिट द प्रेसमा ट्रम्पले क्यालिफोर्नियामा भइरहेको प्राइमरी चुनाव र २०२० को राष्ट्रपति चुनाव धाँधलीपूर्ण भएको दाबी गरेका थिए।
त्यसपछि ट्रम्प सन्किएका हुन्, उनले चुनावमा धाँधली भएको प्रमाण मागे। जवाफमा ट्रम्पले भने, मलाई केवल हेर्न र सुन्नु मात्र छ। वेल्करले त्यस्तै छाडिनन्, उनले भनिन्, यो त प्रमाण होइन नि। त्यसपछि ट्रम्प सन्किएका हुन्, उनले मिडियालाई बेइमान करार गरे। कुराकानी सकिएको भन्दै उनले भने, ुमाफ गर्नुहोला, यसलाई यहीँ सकौँ। मेरो लागि धेरै नै भयो।
यो अन्तर्वार्ता विस्कन्सिनमा किसानहरूको एक कार्यक्रमका बीच गरिएको थियो। अन्तर्वार्ता एउटा फार्म हाउसको गोदाममा छायांकन गरिएको थियो। मौसमी प्रतिकूलताका बीच अन्तर्वार्ता भएको पनि वेल्करमार्फत जानकारी दिएकी थिइन्। एनबीसीका अनुसार अन्तर्वार्ता सुरु भएको करिब ५० मिनेटपछि ट्रम्पले छाडेका हुन्। अन्तर्वार्ता मुख्य गरी इरानसँग जारी युद्धकै बारेमा केन्द्रित रहेको थियो।
वेल्करको प्रश्नमा ट्रम्पले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न पनि कारबाही आवश्यक रहेको दाबी गरे। कुराकानीकै बीच २०२० को चुनावी विषय उठ्यो, जहाँ ट्रम्पले बिनाप्रमाण धाँधली भएको दाबी गर्न थाले।
क्यालिफोर्नियामा गभर्नरसहित केही पदका लागि नोभेम्बरमा हुने मध्यावधि चुनावमा को उम्मेदवार हुने भन्ने प्राथमिक चुनावबारे उनले कुरा उठाए। उनले चार दिन बित्दा पनि परिणाम घोषणा नभएको बताए।





