सल्यान दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सुर्खेत, २१ असार । सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु  हुनेको संख्या तीन पुगेको छ ।

गम्भीर घाइते बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचार क्रममा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको दाङ तुल्सिपुरस्थित राप्ती  प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल  श्रेष्ठले जानकारी  दिए ।

यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका-४ का ७२ वर्षीय बालराम डाँगी र उनकै  छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

विहिबार बिहान १०:३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तारमा छोइदा बसमा करेन्ट लागेको  थियो । बसमा १९ यात्रु सवार थिए  । अन्य भने सकुशल  रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी