न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य हुदैनः प्रधानन्यायाधीश कार्की

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताउनुभएको छ ।

दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले न्याय सम्पादनमा कुनैपनि बहानावाजी नचल्ने बताउनुभयो । न्याय सम्पादनमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको उहाले बताउनुभयो ।

कार्कीले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ढिलोमा ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्षभित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भैरहेको उल्लेख गर्नुभयो ।

२०७४ पुसदेखि निर्माण शुरु भएको दाङ जिल्ला अदालतको भवन २०७७ चैतमा सम्पन्न भएको थियो । २५ करोड १९ लाख ८८ हजारको लागतमा निर्माण भएको भवनमा ८७ कोठा र ५ तला रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी