अर्थमन्त्रीले भने–एक खर्ब बिगो माग हुने घोटालाको फाइल चाँडै सार्वजनिक हुँदैछ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३१ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग हुने गरी इतिहासकै ठूलो घोटालाको फाइल चाँडै सार्वजनिक गर्न लागेको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यो घोटालाको सत्यतथ्य पूर्णरूपमा बाहिर आएपछि राज्यव्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दाबी गरे । उनले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंग समेत प्रयोग भएको जिकिर गरे। मन्त्री वाग्लेले आफू मन्त्री भएर आएपछि राजनीतिका नेतृत्व कसरी स्वार्थ समूहको गोजीमा परेका रहेछन् भन्ने थाहा पाएको टिप्पणी गरे।

‘नेपालको इतिहासमा सबैभन्दा ठुलो फाइनान्सियल स्क्याण्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ। १ खर्बभन्दा बढी विगो मागेर अहिले मुद्दा चलिरहेको छ’, उनले भने, ‘यसको पछाडिको कथा तपाईले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ।’

अर्थमन्त्री वाग्लेले सरकार देशमा स्वार्थ समूहलाई निमिट्यान्न पार्ने अभियानमा रहेको बताए । उनले मुलुक कहिल्यै बन्दैन भनेर युवा विदेशिनुपर्ने अवस्था बदल्नेगरी सरकार अघि बढिरहेको जिकिर गरे ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्