निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रीले भने– गुपचुपमै काम भइरहेको छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

४ असार, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको पनि अनुसन्धान भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

गृह मन्त्रालयको बजेटमाथिको छलफको क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । सांसदले बालिका पन्तको बलात्कार हत्याको अनुसन्धानबारे प्रश्न सोधेका थिए ।

यसबारे जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘तपाईंहरूले निर्मला पन्तको कुरा उठाउनु भएको छ । कतिपय काम गुपचुप गर्नुपर्ने अवस्था हुँदो रहेछ । यो विषयमा हामी एकदम संवेदनशील छौं । हामीले सिरियस्ली हेरेका छौं । हाम्रा छोरी चेलीलाई हत्या गरे । त्यसपछि त्यो घटनामा क–कसले राजनीति गरे । त्यस विषयमा पनि हामीले काम अघि बढाएका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्