काठमाडौं । शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०५०० रुपैयाँले घटेको हो ।
बिहिबारको दिन प्रतितोला २९७२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०५०० रुपैयाँले घटेर २८६७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३०५ रुपैयाँले घटेर प्रतितोला ४६४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।





