सरकार यसरी नै चलिरहे २०८४ मा कांग्रेसले जोसँग मिलेपनि जित्दैन : प्रदीप पौडेल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरुबाट कांग्रेस डराउनु नपर्ने बताउनुभयो ।

उहाँले कांग्रेसको मुख्यकुरा मिसन २०८४ हो भने उहाँले सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्