एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ असार, काठमाडौं । लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १३ यताकै न्यून हो ।

त्यस्तै एक महिनाको अवधिमा नेप्से १३५ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । आज साढे १२ बजेपछि बजारले केही बढ्ने संकेत देखाए पनि पौने २ बजेपछि फेरि ओर्लियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज २ अर्ब ८३ करोडमा खुम्चियो । यो कारोबार रकम जेठ ४ यताकै न्यून हो ।

८३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १९ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटे । उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशत बढ्यो ।
व्यापार सबैभन्दा धेरै १.९६ प्रतिशत घट्यो ।

बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६ होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.४७ प्रतिशत घटे ।

हालै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ५२४.६० रुपैयाँ पुगेको छ ।

कालिका लघुवित्तको मूल्य १२.८४, सप्तकोशी विकास बैंकको ८.२० तथा रिलायन्स स्पिनिङ मिल्सको ३.२३ प्रतिशत बढ्यो । भुजुङ हाइड्रोपावरको ११.०३, सीवाईसी लघुवित्तको ८.९७, भगवती हाइड्रोपावरको ५.८४ तथा थ्रीस्टार हाइड्रोपावरको ५.५७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्