सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी