एमालेको अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३२ असार । नेकपा (एमाले) को अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले रकमान्तरको नाममा अनियमितता गरेको भन्दै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको हो ।

मधेसका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको एमालेको आरोप छ ।

बैठकमा एमालेका मुख्य सचेतक लखन दासले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिसन लिएर रेड बुकमा योजना समावेश गरिएको आरोप लगाउँदै बैठक चल्न नदिने बताउनुभयो ।

एमाले सांसदले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक स्थगित गर्नुभएको छ । मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयको ५० करोड रुपैयाँभन्दा बढी बजेट रकमान्तर गरिएको छ । जसमध्ये सात करोड रुपैयाँभन्दा बढीका योजना मन्त्री यादवले आफ्नै निर्वाचन क्षेत्रमा पठाउनुभएको छ ।

रकमान्तरका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने एमालेले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी