समाजवादी मोर्चाको नेतृत्व ६/६ महिनामा परिवर्तन गर्ने समझदारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २३ असार। समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् ।

आज एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन ।

आजको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय पनि गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताउनुभयाे ।

बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहनुभएकाे छ ।

चार दलले ४ असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसदछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी