काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।





