इन्धन आपूर्ति सहज भएरनभएको बुझ्न गोकर्णेश्वरका पेट्रोल पम्पमा नगर प्रमुख रिसालको अनुगमन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१८ असार, काठमाडौं । नेपाल सरकारले पेट्रोल तथा डिजेलको मूल्य घटाएको भोलिपल्ट उपत्यकाका केही पेट्रोल पम्प व्यवसायीहरूले बिक्री वितरण बन्द गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका पेट्रोल पम्पहरूको अनुगमन गरेको छ।

नगर प्रमुख दीपक रिसाल नगर प्रहरीको टोलीसहित नगर प्रहरीकै सवारी साधन प्रयोग गरी गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र रहेका ६ वटा पेट्रोल पम्पमा पुगेर स्थलगत अनुगमन गरेका हुन्। अनुगमनको मुख्य उद्देश्य मूल्य समायोजनपछि उपभोक्ताले सहज रूपमा इन्धन प्राप्त गरिरहेका छन् वा छैनन् भन्ने अवस्थाबारे प्रत्यक्ष जानकारी लिनु रहेको थियो।

अनुगमनका क्रममा नगरभित्रका सबै पेट्रोल पम्प नियमित रूपमा सञ्चालनमा रहेको तथा उपभोक्तालाई पेट्रोल र डिजेलको बिक्री वितरण सहज रूपमा भइरहेको पाइएको छ।

नगर प्रमुख रिसालले उपभोक्ताको सहज सेवामा कुनै अवरोध आउन नदिन नगरपालिका निरन्तर निगरानीमा रहने बताउँदै कानुनविपरीत सेवा अवरुद्ध गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्