सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

विधेयकको दफावार छलफलमा प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए । छलफलमा भाग लिने सांसदहरूले संशोधन पनि हालेका थिए ।

अन्तिममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रकाशचन्द्र परियार, कमल सुवेदी, हरिमोहन भण्डारीले संशोधन फिर्ता लिएका थिए । बाँकी सांसदहरूका संशोधन अस्वीकृत भएका थिए ।

सरकारले यससम्बन्धी अध्यादेश ल्याइसकेको छ । अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा पेस गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी