कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली परिचालन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर टोली खटिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली हिजो नै त्यसतर्फ गएको हो । आज घटनास्थल पुगेर टोलीले उपकरणसहित खोजी गर्नेछ सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए ।

टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्न प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लगेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट अन्दाजी ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएका छन् ।

दुर्घटनास्थलबाट करीव ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो । गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी