सडक दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउन थालेपछि ओलीले भने, ‘अनुसन्धान जरुरी देखियो’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ असार । दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् ।

दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् । ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले भनेका छन, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी