२२ असार, काठमाडौं । राष्ट्रिय सभामा आज बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिँदै छन् ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । जहाँ विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको प्रश्नको पनि आजै जवाफ प्रस्तुत हुनेछ ।





