सीमाका विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरियोस् : हर्क साम्पाङ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दैयस विषयमा रुलिङ गर्न माग गरेका हुन् ।

उनले संसद्को नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे ।

साथै, प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराउन समेत सभामुखको ध्यानाकर्षण गराए ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति पनि आपत्ति जनँए ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा तत्काल पक्राउ पर्ने तर सांसदहरूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिँदासम्म कुनै कारबाही नभएकोमा उनको गुनासो थियो ।

अध्यक्ष साम्पाङले सडक आश्रित दृष्टिबिहीनहरुको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै महिनादेखि कम्तीमा १०–१५ जनाबाट सुरु गरेर उनीहरूलाई रोजगारीको प्रबन्ध मिलाउन सरकारलाइ सुझाव दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी