सरकारलाई हर्कको प्रश्न : दृष्टिविहिन नागरिकले रोजगार कहिले पाउँछन्?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराएका हुन्।

सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहिन नागरिकहरूलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहिन नागरिकहरूले रोजगारीको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नासहितको विरोध प्रर्दशन गरेको दुई हप्ता बढी बितिसक्दा पनि सरकारले त्यतातर्फ ध्यान दिएको छैन। अध्यक्ष राईले उनीहरूले गर्नसक्ने काम दिएर उनीहरूको रोजगारी पाउने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराए।

‘उहाँहरूलाई रोजगार कहिले दिने?’, उनको प्रश्न छ।

त्यस अवसरमा अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न पनि सभामुख डोलप्रसाद अर्याललाई दवाव दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी