२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका थापाले सफाइ पाएका थिए । उनले सफाइ पाए पनि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेकाले अख्तियार पठाइएको सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईंले बताए ।
‘सफाइ पाएपछि अब हाम्रोमा उहाँ रहनुहुन्न । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेका त्यहाँ पठाएका छौं । अब छुट्दा त्यतैबाट छुट्नु हुन्छ,’ चापागाईंले भने ।





