काठमाडौँ। नेकपाका नेता वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किएका छन् ।
बिहीबार एमाले पार्टी कार्यालय, च्यासल पुगेर नेकपा पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा फर्किएका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
कार्की एमालेको तर्फबाट पहिलो संविधानसभा सदस्य भएका थिए । उनी लामो समयदेखि नेता वामदेव गौतमको समूहमा रहँदै आएका छन् ।
एमाले फर्किने नेकपाका केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) रविन्द्र बम बैतडी लगायत हुन् ।





