पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् ।

पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए । उनका १ छोरा र ३ छोरी छन् । उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्