विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईंलाई प्रहरीले पुर्‍यायो घर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्‍याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए ।

निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको हो ।

उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्