२८ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६, अरबबैंक क्षेत्रमा आधुनिक सौन्दर्य सेवा तथा व्यावसायिक तालिम प्रदान गर्ने उद्देश्यसहित ‘साइन एन्ड ग्लो युनिसेक्स सलोन एन्ड ब्युटी एकेडेमी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
विशेष समारोहका बीच उद्घाटन गरिएको उक्त सलोनले महिला तथा पुरुष दुवैका लागि आधुनिक हेयर, स्किन तथा सौन्दर्यसम्बन्धी गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ। अनुभवी सौन्दर्य विशेषज्ञको टोलीमार्फत व्यावसायिक, सुरक्षित र ग्राहकमैत्री सेवा प्रदान गरिने सञ्चालक बद्री अधिकारीले जानकारी दिए।
उनका अनुसार ग्राहक सन्तुष्टि, गुणस्तरीय सेवा र व्यावसायिक दक्षतालाई प्राथमिकतामा राखेर सलोन सञ्चालन गरिएको हो। स्थानीयवासीलाई सहज पहुँचमा आधुनिक सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ संस्था स्थापना गरिएको उनले बताए।
सलोनले सौन्दर्य सेवा मात्र नभई युवालाई सीपयुक्त र आत्मनिर्भर बनाउने उद्देश्यले महिला तथा पुरुष दुवैका लागि ब्युटी तथा हेयरसम्बन्धी व्यावसायिक तालिमसमेत सञ्चालन गर्ने भएको छ। तालिम पूरा गरेपछि आफ्नै व्यवसाय सुरु गर्न चाहनेलाई आवश्यक सीप, व्यावसायिक मार्गदर्शन तथा परामर्श प्रदान गरिने ब्युटीसियन अस्मिता मैनालीले बताइन्।
उद्घाटन कार्यक्रममा उपस्थित वक्ताहरूले वैदेशिक रोजगारीमा निर्भर हुने प्रवृत्ति न्यूनीकरण गर्दै स्वदेशमै सीप सिकेर उद्यमशील बन्नुपर्नेमा जोड दिए। युवाले स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्न सके व्यक्तिगत आर्थिक सशक्तीकरणसँगै देशको आर्थिक विकासमा पनि सकारात्मक योगदान पुग्ने उनीहरूको धारणा थियो।
स्थानीय स्तरमै आधुनिक सौन्दर्य सेवा र सीपमूलक तालिम उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको ‘साइन एन्ड ग्लो युनिसेक्स सलोन एन्ड ब्युटी एकेडेमी’ ले गोकर्णेश्वर तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई व्यावसायिक, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छ।





