२९ असार, काठमाडौं । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट भजिन्द्र क्षेत्री सभापतिमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार क्षेत्रीले ८५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण दाहालले ७० मत प्राप्त गरेका छन्।
निर्वाचित सभापति क्षेत्रीले संगठनलाई थप सशक्त, लोकतान्त्रिक, पारदर्शी र सदस्यमैत्री बनाउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन सम्पन्न भएसँगै नयाँ नेतृत्वको कार्यकालप्रति सदस्यहरूमा उत्साह देखिएको छ।





