संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न– मलाई किन प्रष्टीकरणको मौका दिइएन ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे ।

‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले भने, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो ?’

विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो र भन्दै उनले आफ्नो विवादित अभिव्यक्तिबारे संसदलाई जानकारी गराइरहेका छन् । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्ट्याइरहेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्