गृहमन्त्री भेट्न आउने खबरले निजगढमै रोकिए मिटरब्याज पीडित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३० असार, जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको खबर पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका छन् ।

राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।

‘हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं । करिब दुई सय मिटर निस्केपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएको छ,’ उनले भने, ‘त्यसपछि हामी फर्केर फेरि हलमै बसेका छौं ।’

असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्