देउवा, प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलका आफन्तसहित ४९ कर्मचारी बर्खास्त

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

समाज कल्याण परिषद्ले लोकसेवा आयोगको प्रक्रिया पूरा नगरी तथा खुला प्रतिस्पर्धाबिना नियुक्त भएका ४९ कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। परिषद्को असार १६ गतेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

बर्खास्तीमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका भान्जीहरू दीक्षा आचार्य र सरला पोखरेल, तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका भतिज लेखराज शाह समेत परेका छन्।

यससँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनका व्यावसायिक साझेदार आनन्द थापा पनि सेवाबाट हटाइएका छन्।

नेपालभरका गैरसरकारी संस्थाको नियमन गर्ने प्रमुख सरकारी निकाय समाज कल्याण परिषद्ले राजनीतिक पहुँचका आधारमा भएका नियुक्ति हटाउँदै संस्थागत सुधारको प्रक्रिया अघि बढाएको जनाएको छ। यो निर्णयपछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्