सुनको भाउ मंगलबार पनि घटेको छ । सोमबार नेपाली बजारमा प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार पनि १ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि मंगलबार १५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको थियो ।





