ज्ञानेन्द्र शाहीको प्रश्न– सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नागरिकलाई निराशा बनाएर आत्महत्या गर्ने अवस्थामा पुर्‍याउनु गोली हानेसरह भएको दाबी गरेका छन् । शाहीले मंगलबारको प्रतिनिधिसभाको बैठकमा यस्तो दाबी गरेका हुन् ।

‘मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन्,’ शाहीले भने, ‘मान्छेको हत्या गोली हानेर मात्रै हुँदैन सभामुख महोदय, कुनै नागरिकको बाँच्ने आधार खोसेर उसको रोजीरोटी बन्द गरेर उसलाई निराशा र पीडाको यस्तो अवस्थामा पुर्‍याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस् त्यो गतिविधि पनि गोली हानेसरह हो ।’

उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छे ठूलो’ भन्नेहरू आज ‘मान्छेको ज्यानभन्दा नियम ठूलो हो’ भन्न थालेको आरोप लगाउँदै त्यसप्रति चिन्ता व्यक्त गरे ।

साथै, उनले सिट बेल्ड नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन भनेर प्रश्नसमेत गरेका छन् । उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन सभामुख महोदय, न्याय सबैका लागि बराबर हुनुपर्छ । विधिभन्दा अरू केही नभएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्