भोलिबाट भरि सिलिन्डर ग्यास बिक्री हुने, मूल्य पनि तोकियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

भोलिबाट फुल सिलिन्डर ग्यास बिक्री हुने भएको छ । नेपाल आयल निगम लिमिटेडले तत्कालीन परिस्थिति र बजारमा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई पहिले निर्देश दिएको थियो ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ के.जी. क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भइरहेको लोडिरिङ अवस्थामा उल्लेखनीय सुधार आएपछि यो निर्णय लिइएको हो । भोलिबाट बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४.२ केजी ग्यास सिलिन्डरको पूरा मूल्य र २,०६० रुपैयाँ तोकिएको छ ।

केही समयका लागि ७.१ केजीको सिलिन्डर बजारबाट पूर्ण रूपमा प्रतिस्थापन भई नसकेको अवस्था छ । यस संक्रमणकालीन अवधिमा बजारमा ७.१ केजी र १४.२ के.जी. दुवै किसिमका सिलिन्डरहरू बिक्री वितरण हुन सक्ने सम्भावना रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्