रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफको मानवीय पहल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३२ असार, काठमाडौं । सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत प्रदान गरेको उक्त सहयोग नेपालमा निर्माणाधीन आधुनिक बहु-विशेषज्ञ बाल अस्पतालको पूर्वाधार विकास तथा बाल स्वास्थ्य सेवाको विस्तारमा उपयोग हुने विश्वास गरिएको छ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले KIOCH का अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

नेपालका बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएको KIOCH हाल आधुनिक बहु-विशेषज्ञ बाल अस्पताल निर्माणको चरणमा छ। अस्पतालमा बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य, सघन उपचार (ICU) लगायतका विशिष्टीकृत सेवा सञ्चालन गर्ने योजना रहेको छ।

रिलायबल नेपाल लाइफले प्रदान गरेको सहयोगले अस्पतालको पूर्वाधार विकासलाई गति दिनुका साथै भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आधार बलियो बन्ने अपेक्षा गरिएको छ।

कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासलाई आफ्नो सामाजिक उत्तरदायित्वको प्रमुख प्राथमिकतामा राख्दै निरन्तर विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यस्ता सहयोगले समाजप्रति कम्पनीको उत्तरदायी भूमिका, विश्वास र दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ।

रिलायबल नेपाल लाइफले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवासँग सम्बन्धित सामाजिक अभियानमा सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी