नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारमा तीनवटै पार्टी मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रम सकेर बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै अहिले आफूहरू संवादमै रहेको बताए ।
प्रदेश सरकारबाट एमाले लगभग हट्ने निश्चित भएको हो? भनेर सोधेको प्रश्नमा उनले भने, ‘त्यो त भइसकेको छैन। हट्नुपर्यो भने हट्ने नि ।’
कांग्रेस र नेकपा मिलेर जाने सहमति भएको आफूले थाहा नपाएको बताए । उनले आफू हट्नुपर्ने स्थिति आए तयार नै रहेको बताए ।
भनेपछि हट्ने स्थिति आइसक्यो ? भन्ने जिज्ञासामा उनले थपे, ‘मैले त्यसो भन्या होइन। पर्यो भने हट्ने हो। हामीले तीनवटै पार्टी मिलेर जानुपर्छ भनिरहेकाका छौँ ।’





