सुनचाँदीको मूल्य वृद्धि

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा रु. एक हजार ९०० र चाँदी रु. ४० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार र चाँदीको भाउ रु. चार हजार २४० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु. दुई लाख ८२ हजार १०० र चाँदी रु. चार हजार २०० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी