जंगली च्याउ खाँदा महिलाको मृत्यु, ६ जना उपचारपछि घर फर्किए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रूपन्देही । दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएकी एक गृहिणीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो ।

गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो ।

बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी