कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो ।

लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए। उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद भएको छ ।

गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ । विस्तृत विवरण आउन बाँकी रहेको ब्युरोले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी