सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला ६ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँ बढेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी