मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक र चालक पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेको प्रहरीले जनाएको छ ।

छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसारपक्राउ पर्नेमध्ये भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।

प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश (म्यासेज) पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको गरेका जानकारीमा आएपछि शिक्षक र सवारी चालकलाई पक्राउ गरिएको हो ।

छात्राहरुमाथि यौनजन्य दुर्व्यवहारसमेत हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । डीएसपी मिश्रले घटनाको अनुसन्धान जारी रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी