ललितपुरकाे बिभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ असार । जिल्ला प्रहरी परिसर ललितपुरले बिभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

ललितपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुराउन जाने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रविन्द्र महर्जन र रोहन नेपाली रहेको प्रहरीले जनाएको छ । ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरि लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

घटनाको मुख्य योजनाकार लोलिनकाजी महर्जन यसअघि पछि चोरी र लागु औषध मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी