वारेस राख्न बालेनले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ,  २६ असार । अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।

आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मेयर साह विपक्षी रहेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राखिपाउ भनेर उहाले निवेदन दिएका थिनुभएकाे थियाे ।  तर अदालतले सो अदालतको अवहेलना मुद्दामा वारेसमार्फत् सुनुवाइ हुनु उचित नरहेको भन्दै उहाको निवेदन अस्वीकार गरेको हो ।
मेयर साहले काडमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्न चल्न नदिने निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरुले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न र चलाउन रोक नलगाउनु भन्ने आदेश दिएको थियो । सोही आदेशलगत्तै बालेनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताका सवालमा कुनैपनि अदालतको आदेश वा फैसला नमान्ने अभिव्यक्ति दिनुभएकाे थियाे ।
मेयर साहको सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झा अदालतको अवहेलनामा रिट लिएर सर्वोच्च अदालत पुग्नुभएकाे थियाे ।
सोही प्रकरणमा बालेनविरुद्ध कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको  थियो । सो प्रकरणमा मेयर साहले लिखित जवाफ बुझाएपछि सर्वोच्च अदालतबाट पेसी तोरेख लिनुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्